वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वास लिँदै
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिनुहुने भएकाे छ ।
दिउँसाे १ बजे बस्ने वाग्मती प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएकाे हाे ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । साे व्यवस्था अनुसार मुख्यमन्त्री जम्कट्टेलले चैत २२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।


प्रतिकृया दिनुहोस