• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

'खोला तरेपछि लौरो बिर्सनु भएन' – सांसद् कुवँर

सनराइज खबर संवाददाता

काठमाडौं । देशका लागि याेगदान गर्ने राष्ट्रिय विभूतिलाई बिर्सन नहुने विचार नेकपाका सांसद् शेरबहादुर कुवँरले राखेका छन् ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले ती विभूतिहरुलाई कम्तिमा पनि राष्ट्रिय एकता दिवसकाे दिन सम्झनु पर्ने बताए ।  

नेपालकाे एकीकरणमा मात्र नभइ हरेक क्षेत्रमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले याेगदान दिएकाे उनकाे भनाइ छ । खोला तरेपछि लौरो बिर्सन नहुने बताउँदै उनले नेपाल निर्माण गर्ने योद्धाहरुलाई सरकारले सम्झनु पर्ने बताए ।   

उनले भने– ‘जसको योगदानबाट देश निर्माण भयो, साना–साना टुक्रामा विभाजित राज्य एकताबद्ध भए ।  हामी ती योद्धालाई बिर्सदै गएका छौं । त्यस्ता विभूतिलाई सम्झन आवश्यक छ ।’

उनले कालापानी लडाई‌ंका याेद्धा वीर बलभद्र कुवँरलाई भारतले पनि सम्झने गरेकाे बताए । उनकाे सम्झनामा भारत सरकारले लाखौं रुपैंया बजेट छुट्याउने गरेकाे आफूले थाहा पाएकाे बताए । 

 

प्रतिकृया दिनुहोस