• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

'परराष्ट्र नीति अनुरुप एमसीसी तत्काल अघि बढाऔं'

सनराइज खबर संवाददाता

काठमाडौं । सांसद् जितेन्द्रनारायण देवले मिलेनियम च्यालेन्स कर्पोरेशन ९एमसीसी० लाई मुलुकको परराष्ट्र नीतिअनुरुप अघि बढाउन माग गरेका छन् ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले यो परियोजना मुलुकको स्वार्थमा रहेकाले तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । 

नेकपाका केही नेताले एमसीसी परियोजना इण्डोप्यासिफीक रणनीति अन्तर्गत भएकाले यो सहयोग स्वीकार्न नहुने धारणा राख्दै आएका छन् । कांग्रेस सांसद् जितेन्द्रदेवले सो भनाइलाई लक्षित गर्दै नेकपा पार्टीको नीतिले नेपालको परराष्ट्र नीतिलाई बन्दी बनाएको आरोप उनले लगाए । 

उनले एमसीसी परियोजना नेपालको हितमा भएकोले यसलाई अघि बढाइहाल्नु पर्ने धारणा राखे । एमसीसीबाट आउने सहयोग रकमले नेपालले उर्जा, प्रसारण लाइन र रणनीतिक सडक बनाउन सकिने उनको भनाइ छ । 

यी पूर्वाधार निर्माण हुँदा विदेशमा विजुली निर्यात गर्न सकिने र नेपालमा रेल चलाउन आवश्यक विद्युतको आवश्यकता पनि पूरा गर्न सकिने उनको भनाइ छ । 

यो सहायता रकमले मुलुकको कायापलट हुने उनको दावी छ । यो परियोजना अघि बढाउँदा प्रतिपक्षले पूर्ण रुपमा समर्थन गर्ने बताए । 
 

प्रतिकृया दिनुहोस