• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सभामुख नछानिनु संसद्कै मानहानी- जितेन्द्र देव

सनराइज खबर संवाददाता

काठमाडौं । दुई सदन भएको राजनीतिक प्रणालीमा एउटा सदनको आन्तरिक गतिविधि तथा जीवन बारे अर्काे सदनमा सामान्यतया चर्चा गरिँदैन । तर, आज राष्ट्रिय सभामा प्रतिनिधि सभाको आन्तरिक कार्यव्यवहार बारे चर्चा भएको छ । 

प्रतिनिधि सभाबारे चर्चा गरेका हुन्– नेपाली कांग्रेसका सांसद् जितेन्द्र देवले । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले प्रतिनिधि सभाले सभामुख चयन गर्न नसक्दा संसदकै गरिमा र इज्जतमा प्रहार भएको बताए । 

उनले भने– २७ गते प्रतिनिधि सभा बैठक बस्दैछ, एक सेकेन्ड विलम्ब नगरी सभामुख चयनको प्रक्रिया थाल्नुपर्छ । 

‘प्रतिनिधि सभा र संघीय संसद्को मानहानी भइरहेको छ, यो मानहानीको विषय हो, अदालतमा जान सक्छ यो विषय’– उनले भने । 

कम्युनिष्ट पार्टीका कारण सभामुख चयन नभएको टिप्पणी गर्दै उनले भने– ‘कम्युनिष्ट पार्टीभित्र केन्द्रीय समितिको नाममा पोलिट व्युरोले, पोलिट व्युरोको नाममा स्टाण्डिङ कमिटिले र स्टाण्डिङ कमिटिको नाममा सचिवालयले र सचिवालयको नाममा एकदुईजनाले निर्णय गर्छन्, आम कार्यकर्ता आँशु बगाएर बस्नुपर्ने अवस्था हुन्छ ।’

नेकपाले बहुदालीय जनवाद छाडेको हो कि होइन भन्ने प्रश्न पनि उनले उठाए । 

प्रतिकृया दिनुहोस