• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भारतीय सहयाेग आउन ढिलाे हुनुकाे कारण साेधे सांसद्ले

सनराइज खबर संवाददाता

काठमाडौं । भूकम्पपछिकाे पुनर्निर्माणका लागि भारतीय सहयोग आउन ढिलाे भइरहेकाे छ । सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतकाे राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा सांसद्ले साे सहयोग आउन ढिला हुनुकाे कारण पुनर्निर्माण प्राधिकरणसँग साेधेका छन् । 

अन्य मुलुकबाट पाएकाे सहयोगले हुने काम सम्पन्‍न भएपनि भारतीय सहयोगमा निर्माण हुने अधिकांश संरचनाको काम अझै सुरु हुन नसक्नुकाे कारण सांसद्हरुले साेधेका हुन् ।

नेकपा सांसद् खिमलाल भट्टराई तथा नेपाली कांग्रेस सांसद सुरेन्द्रराज पाण्डेले अन्य देशबाट सहयोग आइ पुनर्निर्माण सम्पन्‍न हुँदा समेत भारतीय सहयोग नआउनुको कारण माग गरे ।

साे प्रश्नकाे जवाफ दिँदै प्राधिकरणका कार्यकारी प्रमुख सुशिल ज्ञवालीले भारतले नयाँ शर्त अघि सारेकाे बताउँदै भने–‘भारतले आफ्नै निर्माण कम्पनी र सामग्रीको प्रयोग गर्नुपर्ने शर्त अघि सार्दा सहयोग रकम आउन ढिलाइ भएको हाे ।’

त्यस्तै समितिले पुनर्निर्माणमा देखिएको समस्या सम्बोधन गर्दै वैदेशिक सहयोग तत्काल ल्याउन पहल गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । 
 

प्रतिकृया दिनुहोस