कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित
काठमाडाैं । कोशी प्रदेश सभाको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । सभामुखको लागि विष्टको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको उहाँले घोषणा गर्नुभयो ।
सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेको थियो । उहाँलाई एमालेले पनि समर्थन गरेपछि निर्विरोध सभामुख बन्नुभएको हो ।


प्रतिकृया दिनुहोस