राष्ट्रिय सभा निर्वाचन: अन्तिम मतदाता नामावली प्रकाशन भोली
काठमाडौं । आगामी माघ ९ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले सातवटै प्रदेशमा नामावली प्रकाशन गरेको छ ।
बिहीबार बिहान १० बजे देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरेको निर्वाचन आयोगले जनाएको छ । यस्तै प्रकाशित नामावली उपर दावी विरोधको उजुरी दिने कार्यक्रम पनि आजै थियाे । बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म उजुरी दिने कार्यक्रम भएको निर्वाचन आयोगले जनाएको छ ।
पुष १८ गते शुक्रबार अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
कार्यक्रम सात वटै प्रदेशका निर्वाचन अधिकृतको कार्यलयमा भएको हो । सातवटा प्रदेशका प्रदेश सभातर्फका पाँच सय ५० मतदाता रहेका छन् ।
यस्तै स्थानीय तहतर्फका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख गरी एक हजार ५ सय ६ जना मतदाता रहेको आयोगले जनाएको छ ।


प्रतिकृया दिनुहोस