• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

समयमै मेलम्ची आयाेजना पूरा गर्न संसदीय समितिको निर्देशन

सनराइज खबर संवाददाता

काठमाडौं । बहुप्रतिक्षीत मेलम्चीकाे आयाेजना पूरा गर्दै काठमाडाैंकाे खानेपानी आवश्यकता पूरा गर्न संसदीय समितिले निर्देशन दिएकाे छ । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आगामी असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउन खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको हो ।

चिनियाँ कम्पनी सीनाे हाइड्राे अहिले याेजनामा काम गरिरहेकाे बोर्डका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीले जानकारी दिए । अहिलेसम्म सीनाे हाइड्राेले सन्ताेषजनक काम गरेकाे बताउँदै उनले आयाेजनाकाे काममा अवराेध आउने सम्भावना रहेकाे बताए । 

इटालीयन कम्पनी सीएमसीले आयाेजनामा संलग्‍न साना ठेकेदार र आपूर्तिकर्ताकाे भुक्तानी नदिएका कारण काममा अवराेध आउन सक्ने निर्देशक खत्रीले समितिलाई जानकारी दिए । 

आयोजनामा अहिलेसम्म भुक्तानी नपाएका तीनै ठेकेदार र आपूर्तिकर्ताको समस्या समाधानका लागि गठित समितिको अन्तिम प्रतिवेदन बुझाउन संसदीय समितिले मन्त्रालयलाई निर्देशन पनि दिएको छ । मन्त्रालयका सहसचिवको अध्यक्षतामा साे विषयमा अध्ययन गर्न समिति बनाइएको थियो । 

अवराेध नआएमा भने मेलम्चीकाे पानी समयमै आउने बताइएकाे छ । 

त्यस्तै समितिले आयोजना प्रभावितलाई खानेपानी, सडकलगायतका पूर्वाधारको विकास गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

 

प्रतिकृया दिनुहोस