• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

राष्ट्रिय सभामा पेस भयाे प्रतिगुप्तचरी विधेयक

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिगुप्तचरी (नेपाल विशेष सेवा ) विधेयक राष्ट्रिय सभामा पेस भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले ‘नेपाल विशेष सेवाको गठन र संचालन सम्बन्धी कानूनलाई संसोधन र एकिकरण गर्न बनेको विद्येयक’ पेस गरेका हुन् ।

सो विधेयकमा नेपालले अन्य मुलुकमा जासूसी गर्न सक्ने व्यवस्था गरेको छ भने देशभित्र पनि विदेशीले गर्ने जासूसीका बारेमा हेर्ने व्यवस्था गरिएको छ ।

प्रतिगुप्तचरी विधेयक नामले चर्चित् सो विधेयकमा अहिलेकै राष्ट्रिय अनुसन्धान विभाग मातहत रहने गरी प्रतिगुप्तचरी ईकाइको व्यवस्था प्रस्ताव गरिएको छ । 

 

प्रतिकृया दिनुहोस