• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अमेरिकी सहयोगको सदुपयोग गर्नुपर्छ – सांसद पाैडेल

सनराइज खबर संवाददाता

काठमाडौं । सांसद डा. विमला पौडेलले अमेरिकी सहयोगको सदुपयोग गर्नुपर्ने विचार राखेकी छन् । 

राष्ट्रिय सभाको विशेष समयमा भनाई राख्दै उनले डर र धम्कीमा नपरी सरकारले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् । 

‘इण्डोप्यासिफिक रणनीति अन्तर्गत सो सहयोग हो की होइन भन्दा पनि सम्झौता भएका विषय हाम्रो देशको नीति अनुसार छ कि छैन त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ’ –उनले भनिन् । 

पूर्वाधार विकास देशको समृद्धिको आधार रहेको बताउँदै पौडेलले भनिन्– ‘यसका लागि राष्ट्रिय पूँजी, वैदेशिक लगानी, विदेशीले उपलब्ध गराउने ऋण आवश्यक पर्छ । जसले गर्दा अमेरिकाले दिएको ठूलो रकम अनुदानमा पनि सरकारले ध्यान दिनपर्छ ।’

अनुदान रकम अलपत्र अवस्थामा छाड्न नहुने उनको धारण थियो । ६ वर्षको गृहकार्यपछि प्राप्त भएको साे सहयोगको सदुपयोग हुनुपर्नेमा उनले जोड दिइन् । 

८२ देशले आवेदन दिएकाे ३३ देशमात्र साे सहयाेगका लागि छानिएकाे बताउँदै नेपालकाे आवेदन स्वीकृत भएकाेमा गाैरव गर्नुपर्ने बताइन् । ठूला ठूला परियोजना निर्माणमा अरु देशले सहयोग नगर्ने बताउँदै उनले देशको आवश्यकता अनुसार यसको प्रयोग गर्नुपर्ने बताइन् । 

प्रतिकृया दिनुहोस