• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रतिनिधि सभा बैठक सार्ने तयारी

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभा बैठक सार्ने तयारी भइरहेको छ । दिउँसो १ बजेको लागि बोलाइएको बैठक सूचना टाँस गरेर तीन देखि पाँच दिनसम्मको लागि स्थगित गर्न लागिएको हो । 

आजबाट सभामुख चयनको प्रक्रिया सुरु हुने कार्य सूची थियो ।  सभामुख उम्मेदवारको टुंगो नलागेका कारण बैठक सार्ने तयारी गरिएको हो । 

यो सँगै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा घोषणाको मिति पनि सरेको छ । उनले सभामुखको टुंगो लागेपछि मात्र राजीनामा दिने छिन् । 

प्रतिकृया दिनुहोस