प्रतिनिधि सभा बैठक सार्ने तयारी
काठमाडौं । प्रतिनिधि सभा बैठक सार्ने तयारी भइरहेको छ । दिउँसो १ बजेको लागि बोलाइएको बैठक सूचना टाँस गरेर तीन देखि पाँच दिनसम्मको लागि स्थगित गर्न लागिएको हो ।
आजबाट सभामुख चयनको प्रक्रिया सुरु हुने कार्य सूची थियो । सभामुख उम्मेदवारको टुंगो नलागेका कारण बैठक सार्ने तयारी गरिएको हो ।
यो सँगै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा घोषणाको मिति पनि सरेको छ । उनले सभामुखको टुंगो लागेपछि मात्र राजीनामा दिने छिन् ।


प्रतिकृया दिनुहोस