• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

जसपाले मुख्यमन्त्री कार्कीलाई विश्वासकाे मत दिन्छ : निर्मला लिम्बू

सनराइज खबर संवाददाता

काठमाडाैं । जनता समाजवादी पार्टीकी कोशी प्रदेश सभा सांसद् निर्मला लिम्बूले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताउनुभएकाे छ ।

बुधबार बसेकाे काेशी प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले कार्कीले पेस गर्नुभएकाे विश्वास मतसम्बन्धी प्रस्तावमाथिकाे छलफलमा बाेल्दै सांसद् लिम्बूले मुख्यमन्त्री कार्कीलाई जसपाले विश्वासकाे मत दिने बताउनुभयाे । मुख्यमन्त्री कार्कीलाई विश्वासकाे मत दिने निर्णय गठबन्धनभित्र पनि भएकाे उहाँले बताउनुभयाे ।

पहिचानवादीकाे भावना विपरीत काेशी प्रदेशकाे नामाकरण गरिएकाे भन्दै सांसद् लिम्बूले नयाँ सरकारले पहिचानवादीकाे भावना बुझ्नुपर्ने बताउनुभयाे । काेशीमा स्थायी सरकारकाे खाँचाे र त्याे स्थायी सरकारले मात्र कोशीमा देखिएका राजनीतिक, आर्थिक लगायत सबै समस्या समाधान गर्ने उहाँले बताउनुभयाे ।

काेशी प्रदेश सभामा जसपाबाट लिम्बू मात्रै सांसद् हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस