• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

काेशीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै

सनराइज खबर संवाददाता

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

काेशी प्रदेश सभा भवन विराटनगरमा बिहान ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासकाे मत लिन लाग्नुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

उहाँले कात्तिक १ काे बैठकमा विश्वासकाे मत लिने सूचना साेमबार दिनुभएकाे थियाे । एमालेका ३९ र कांग्रेसका ८ सांसद्को समर्थनमा कार्की  असाेज २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे ।

मुख्यमन्त्री नियुक्त भएकाे ३० दिनभित्र प्रदेश सभाबाट विश्वासकाे मत लिनुपर्ने संवैधानिक प्रावधान छ । मुख्यमन्त्री कार्कीले भने एक सातामै विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।

प्रतिकृया दिनुहोस