• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

वाग्मती प्रदेश सभामा तनाव, सभामुखद्वारा बैठक स्थगित 

सनराइज खबर संवाददाता

काठमाडौं । सरकारले सांसदलाई थाहा नै नदिई गलत बाटोबाट प्रदेश सभामा विधेयक ल्याएको भन्दै सोमबारको वाग्मती प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । 

प्रदेश प्रमुखले पुनर्विचारको लागि फिर्ता पठाएको चिट्ठा विधेयक सांसदहरूलाई जानकारी नै नदिई सरकारले पुनः ल्याएपछि नेकपा एमालेले प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।  सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर लामाले विधेयक प्रस्तुत गर्न लागेपछि एमाले सांसदहरूले रोस्टम घेराउ  गरेर नाराबाजी गरेका थिए । 

त्यस क्रममा मर्यादापालक र सांसदहरू बिच ठेलमठेल समेत चलेको थियो । स्थिति तनावग्रस्त भएपछि सभामुख भुवन पाठकले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो । 

 

प्रतिकृया दिनुहोस