नेपाल ट्रष्टकाे जग्गा भाडा विवाद स्पष्ट पार्न सरकारसँग आग्रह
काठमाडौं । नेपाल ट्रष्टकाे जग्गा भाडा सम्बन्धी विवादले राष्ट्रिय सभामा प्रवेश पाएकाे छ । राष्ट्रिय सभाकाे विशेष समयमा बाेल्दै नेकपा सांसद् खिमलाल भट्टराईले याे विषय बाहिर आएकाे र यसबारे सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखेका छन् ।
उनले भने – ‘गोकर्ण रिसाेर्ट र नारायणहिटी अगाडिको जग्गाको भोगाधिकार सम्बन्धी विषय बाहिर आएको छ, यसकाे आलोचना गरिएको छ । यसबारे सरकारले स्पष्ट पार्नुपर्छ ।’
सार्वजनिक जग्गाका विषयमा सरकार सक्रिय रुपमा लागेको भन्दै उनले भने – ‘सरकारले विवादीत जग्गाको छानबिन गरेको छ । यसमा दुविधा छैन । अरु पनि गर्छ, यो सरकारको कर्तव्य हो ।’
यस्तै सरकाले अपराध नियन्त्रण गर्न चालेको कदमको उनले प्रशंसा गर्दै उनले भने– ‘पहुँच पैसाबाट आपराधी उम्कन सक्दैन भन्ने प्रमाणित गरेको छ सरकारले ।’
त्यस्तै कालापानीको विषयमा सरकारको अडानकाे प्रशंसा गर्दै उनले भने– ‘यो विषयमा सरकारले जुन अडान लिएको छ । सिङ्गो देशलाई एकताबद्ध गरेको छ । त्यो गर्व गर्न लायक छ ।’
विकासका क्रममा आउने समस्या समाधान गर्नुपर्नेमा जाेड दिँदै उनले भने – ‘बुढी गण्डकीमा मुआब्जाको समस्या, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा रुख कटानीको समस्या छ । राज्यका अङ्गबीच अन्तरविरोध छन् । यी सबै समाधान गरेर अगाडि बढ्नु पर्छ ।’


प्रतिकृया दिनुहोस