सत्तापक्षसँग अन्तिम पटक वार्ता गर्छाैं– डा. बाबुराम भट्टराई
काठमाडौं । समाजवादी पार्टीका सांसद् डा. बाबुराम भट्टराईले नेकपासँग अन्तिम पटक वार्ता गर्ने बताएका छन् । प्रतिनिधि सभा बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. भट्टराईले अन्तिम पटक कुरा गर्ने बताएका हुन् ।
डा. भट्टराईले कहिले र कसरी कुरा गर्ने भन्ने चाहिँ खुलाएनन् । उनले भने– ‘हामी टेक्निकल्ली सरकारमा छौं । ससर्त गएका हौं सरकारमा संविधान संशोधनका लागि ।’
सत्तापक्षसँग उपसभामुख लगायत कुनै पदमा दावी नगर्ने भन्दै उनले बताए– ‘राजपासँग नेकपाको गठवन्धन गणितीय हो । भोटका लागि मात्र गरिएको हो । यसको खासै अर्थ छैन ।’
मिलेनियम च्यालेन्ज सम्झौता इण्डो प्यासिफक रणनीतिको अंग हो कि होइन भन्ने अध्ययन गरिरहेकोे बताउँदै उनले अहिले विवादको विषय बनिरहेको मिलेनियम च्यालेन्ज सम्झौतालाई अगाडि बढाए हुने धारणा राखे । उनले भने– ‘हामीले एउटाका विरुद्ध अर्कालाई प्रयोग गर्न हुन्न । हामीले सबै देशसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ ।’


प्रतिकृया दिनुहोस