• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

तीन देशका औषधि मान्यता प्राप्त हाेइनन् – मन्त्री अधिकारी

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली बजारमा पाइने औषधिहरुकाे गुणस्तरमा विवाद आउने गरेको छ । यस्तै नेपालमा प्रयाेग हुने कतिपय खाेपहरु परीक्षणकाे‍ लागि ल्याइएकाे चर्चा पनि चल्ने गरेकाे छ । 

यही विषयमा प्रतिनिधि सभाकाे शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा छलफल भएकाे छ । 

आइतबार बसेकाे समितिको बैठकमा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याएका औषधि तथा खोपहरु विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त नभएको बताए । उनले अधिकांश स्थानीय तहमा खाेपहरु पुर्‍याउँदा त्यसको तापक्रम मिलाएर राख्‍ने व्यवस्था नहुँदा ती खाेपले रोग नियन्त्रण हुने अवस्था नरहेको बताए ।

त्यस्तै, समिति सभापति जयपुरी घर्तीले पछिल्लो समय खोपको प्रभावकारीता बढ्दै गएपनि गुणस्तरमा ध्यान नदिएको बताउँदै यसबारे थप अनुसन्धान आवश्यक रहेको बताइन् ।  महिलाको पाठेघरको क्यान्सर तथा हेपाटाइटिस बी खोप तत्काल प्रत्येक स्वास्थ्य संस्थामा पठाउने काम अघि बढाउनु पर्नेमा उनले जाेड दिइन् । 

खोपकाे गुणस्तरमा प्रश्‍न उठेपछि समिति बैठकमा सहभागी विज्ञहरुले नेपाली बजारमा पाइने खोपहरु परीक्षणका लागि नल्याइएकाे बताए । उनीहरुले विकसित मूलुकमा ख्याती कमाएका कम्पनीहरुले उत्पादन गरेका खोपहरु नै प्रयोग हुने गरेकाे जानकारी समितिलाई दिए ।   

 

प्रतिकृया दिनुहोस