नेपालकाे नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन
काठमाडौं । प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले नेपालको नयाँ नक्सा जारी गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
‘नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्ने’– समितिको आज बसेको बैठकले नेपाल सरकारका नाममा यस्तो निर्देशन जारी गरेको हो ।
समितिमा नेपालको सीमा अतिक्रमण भएको विषयमा छलफल भएको थियो । समितिले सरकारका नाममा पाँच बुँदे निर्देशन जारी गरेको छ ।
१- नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका भारतीय अतिक्रमणमा परेका नेपाली भूभागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्ने।
२- लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्ने ।
३- नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्ने ।
४- गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, परराष्ट्र मन्त्रालय सहित अन्य आवश्यक मन्त्रालय र निकायहरुको संयुक्त समन्वयकारी संयन्त्र निर्माण गरी एकीकृत रुपमा प्रभावकारी काम गर्ने ।
५- नेपाल भूमिको रक्षा तथा नेपाली नागरिकको सुरक्षा गर्न दार्चुला जिल्लाको कालापानी समेतको क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज रुपमा आवतजावत गर्न बाटो र अन्य सेवा सुविधा की उपयुक्त व्यवस्था गर्न।


प्रतिकृया दिनुहोस