• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कोशीमा सर्वपक्षीय सरकारको विकल्प छैन, अर्काे सरकार बन्ने सम्भावना नै छैन : मुख्यमन्त्री कार्की

खबर स‌ंवाददाता

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वपक्षीय सरकारको विकल्प नरहेको बताउनुभएकाे छ ।

बिहीबार प्रदेश सभा बैठकमा विश्वासकाे मत माग्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा अहिले अर्को सरकार बन्ने अवस्था नरहेकाे बताउनुभयाे । यदि सर्वपक्षीय सरकार नबनेकाे खण्डमा

सय दिन पुगेकेा अवसरमा आफूले प्रदेशकाे माैजुदा अवस्था र गणितलाई हेरेर सर्वपक्षीय सरकारकाे आव्हान गरेकाे र अधिकांश दलका नेताले सकारात्मक प्रतिक्रिया दिएकाे उहाँले स्मरण गर्नुभयाे ।

सर्वपक्षीय सरकारकाे प्रयास गरेपनि यसलाई सार्थक बनाउन नसकिरहेकाे मुख्यमन्त्री कार्कीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'मेराे विश्वास छ याे भन्दा अर्काे विकल्प छैन, यही बाटाेमा जानैपर्छ, नत्र हामीले मध्यावधिकाे सामना गर्नुपर्छ, मध्यावधि निर्वाचन गर्न हामी तयार छाैं, नेपाली जनता तयार छन् ? संघीयता तयार छ ? कानुनी रुपमा गर्नुपर्ला तर, काेही पनि छैन, फेरि पनि अर्काे सरकार बन्ने सम्भावना मैले देख्दै देख्दिनँ ।'

प्रदेश प्रमुख, सभामुख लगायतकाे आफ्नाे संवैधानिक दायित्व र जिम्मेवारी रहने  मुख्यमन्त्री कार्कीले बताउनुभयाे । गणित अप्ठेराे हुँदाहुँदै पनि सरकाले निति कर्यक्रम लाउने अघिल्लो दिन समर्थन फिर्ता लियर अस्थिरताको सुरुआत गरिएकाे  उहाँले बताउनुभयाे ।

आफूहरुले बनाएकाे कानुन याेग्य ठहरिएकाे, थिति बसाउने, कानुन अनुसार काम गर्ने, संविधानकाे पालना गर्ने, प्रदेशकाे मर्यादालाई ओझेलमा पर्न नदिने, प्रदेशलाई नेपाली जनताका बीचमा स्थापित गर्ने कुरामा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयाे । ६ महिनाकाे अवधिकामा आफू र सरकार कहिँकतै नचुकेकाे बताउनुभयाे ।

यति हुँदाहुँदै पनि माओवादी र जसपाका सांसद्ले समर्था फिर्ता लिएकाे अवस्था रहेकाे बताउनुभयाे । याे प्रदेश सरकार विश्वास गर्न याेग्य र लायक रहेकाे भन्दै उहाँले विश्वासकाे मत दिन आग्रह गर्नुभयाे । प्रदेश सरकारले राम्राे गर्दागर्दै पनि प्रदेशकाे बदनाम हुनेगरी गतिविधि हुनु दु:खद भएकाे मुख्यमन्त्री कार्कीले बताउनुभयाे ।

विश्वासकाे मत दिएर प्रदेशप्रतिकाे नकरात्मक भावनालाई अन्त्य गर्न उहाँले सबैमा आव्हान गर्नुभयाे । मुख्यमन्त्री कार्कीले भन्नुभयाे - 'जाऔं मिलेर, हामी तयार छाैं, एमाले तयार छ ।'

बैठकमा कार्कीले बजेट अध्यादेश पेस गर्नुभएकाे छ । मुख्यमन्त्री कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याउनुभएकाे थियाे ।

प्रतिकृया दिनुहोस