मधेश प्रदेशका मुख्यमन्त्रीलाई एमालेसहित सबै सांसद्ले दिए विश्वासको मत
काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रदेश सभा बैठकबाट मुख्यमन्त्री यादवले शतप्रतिशत विश्वासकाे मत पाउनुभएकाे हाे । प्रदेश सभामा भएकाे मत विभाजनमा उहाँकाे पक्षमा १ सय ३ र विपक्षमा शून्य मत परेकाे हाे । बैठकमा उपस्थित १०३ जना सांसद्ले उहाँलाई विश्वासकाे मत दिए ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रदेश सभाका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन् ।
संसदीय दलका नेता यादव प्रदेश सभाकाे सबैभन्दा ठूलाे दल नेकपा एमालेकै समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । तर केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि त्यसकाे प्रभाव प्रदेशमा पनि परेकाे थियाे । जसका कारण एमालेले सरकार छाडेकाे थियाे र सरकारलाई दिएकाे समर्थन पनि जेठ १ गते फिर्ता लिएकाे थियाे ।
एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज दाेस्राे पटक प्रदेश सभामा विश्वासकाे मत लिनुभएकाे हाे । तर समर्थन फिर्ता लिएकाे एमालेले पनि मुख्यमन्त्रीलाई विश्वासकाे मत दियाे ।


प्रतिकृया दिनुहोस