पारित भयाे सुदूरपश्चिम प्रदेश सरकारकाे नीति तथा कार्यक्रम
काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
आगामी आर्थिक वर्ष २०८०-८१ काे नीति तथा कार्यक्रम मंगलबार बसेकाे प्रदेश सभा बैठकले बहुमतले पारित गरेको हाे । प्रदेश प्रमुख देवराज जोशीले जेठ २४ गते प्रदेश सरकारकाे नीति तथा कार्यक्रममा प्रदेश सभामा प्रस्तुत गर्नुभएकाे थियाे ।
नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ ।


प्रतिकृया दिनुहोस