कोसी प्रदेशको बजेट अधिवेशन आजबाट
काठमाडौं । कोसी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ ।
बजेट अधिवेशनको पहिलो बैठक दिउँसो बजेका लागि बोलाइएको छ ।
प्रदेश सभा अधिवेशनको प्रथम बैठकको कार्यसूची तयार भएको छ । आजको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र सुनाएपछि केही प्रदेश ऐन संशोधन विधेयक पेस हुनेछ । प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेश टेबल गर्ने र दलका तर्फबाट सम्बोधन गर्ने कार्यसूची आजको बैठकमा छ ।
कोसी प्रदेश नामाङ्कन पछि पहिलो पटक आज प्रदेश सभा बैठक बस्दै छ । प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचानवादीहरूले प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । उनीहरू प्रदेश सभा भवन घेर्ने तयारीमा छन् ।
पहिचानवादीको आन्दोलनलाई रोक्न स्थानीय प्रशासनले शनिवारदेखि विराटनगर क्षेत्रमा अनिश्चित कालीन निषेधाज्ञा जारी गरेको छ ।


प्रतिकृया दिनुहोस