• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

राष्ट्रिय सभामा राहदानी विधेयक सम्बन्धी प्रतिवेदन पेस हुने

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय सभाको बैठक मंगलवार बस्दै छ ।  बैठक दिउँसो ३ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रतिनिधि सभाबाट सन्देश सहित पुनर्विचारका लागि प्राप्त ‘राहदानी विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची छ । 

त्यस्तै, गृह मन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’ माथिको दफावार छलफल सदनमा गर्न तथा सो विधेयक पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ ।  

त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५’ माथि सदनमा छलफल तथा पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएको छ । 
 
 

प्रतिकृया दिनुहोस