• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

शून्य समयमा सांसद मौन बसे

सनराइज खबर संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राजन केसीले शून्य समयमा मौन बस्ने बताएका छन् । उनले शून्य समयमा उठाएका प्रश्नको सुनुवाइ नहुने भन्दै सभामुखले दिएको समयमा मौन बस्ने बताएका हुन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘शून्य समयमा आमनागरिकले भोगेको समस्याबारे धेरै पटक बोलियाे। कतैबाट सुनुवाइ भएन । रेकर्ड होस् सभामुख महोदय, म मौन बस्छु ।’

सभामुखले दिएकाे एक मिनेटकाे शून्य समय उनले माैन बसेर खर्चेका छन् ।
 

प्रतिकृया दिनुहोस