• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

महिला सांसदहरुका लागि अन्तरक्रिया कार्यक्रम

सनराइज खबर संवाददाता

काठमाडाै । संघीय संसद सचिवालयले महिला सांसदहरुका लागि संसदीय अभ्यासबारे अन्तरक्रिया आयोजना गरेको छ ।

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले कार्यक्रममा बोल्दै महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न आग्रह गरेकी छिन् ।

संघीय संसद सचिवालयले मंगलबार संघीय भवन नयाँवानेश्वरमा गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रियामा उनले महिला सांसदहरुको भुमिका अपेक्षित रुपमा प्रभावकारी हुन नसकेको बताएकी हुन् । संघीय संसदका दुवै सदनमा संविधान अनुसार ३३ प्रतिशत महिला सुनिश्चितता भइसकेको तथा सबैको दृष्टिकोण महिला सांसदहरुले निर्वाह गर्ने भुमिकामा केन्द्रीत हुने भएकाले प्रभावकारी र सक्रिय भूमिकामा रहनुपर्नेमा उनले जोड दिइन् ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संसदीय प्रक्रियामा महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउने सवालमा अन्तरक्रिया प्रभावकारी बन्ने विश्वास व्यक्त गरिन् ।

तत्कालिन संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले संविधान, कानुन र नियमभित्र रहेर संसदीय भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । संसदीय अभ्यासमा राम्रा नराम्रा दुवै रहेको भन्दै राम्रा अभ्यासको मात्रै अनुकरण गर्न पनि उनले सुझाब दिए । उनले शिष्ट र सभ्य भई विषयवस्तुको गम्भिर्यता हरेर शुन्य, विशेष र ढ्यापढ्यापे समयको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा महिला सांसदहरुले निर्वाचित र समानुपातिक सांसदहरुलाई गरेको विभेद, कार्यविधि परिर्वतन तथा संसदीय प्रणालीका अन्य विषयमा जिज्ञासा राखेका थिए ।


 

प्रतिकृया दिनुहोस