• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रतिनिधिसभा, विशेष समयमा कस्ले के बोले ?

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १४ गतेको निर्वाचनलाई प्रभाव पार्ने गरि सहसचिवहरुको सरुवा गरेको भन्दै गम्भीर आपत्ती जनाएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले निर्वाचनलाई प्रभावित पार्ने गरि सरकारले सहसचिवहरुको सरुवा गर्ने काम गरेको भन्दै गम्भीर आपत्ती जनाएकि हुन् । श्रावण १६ गतेको मन्त्रीपरिषद् बैठकले आउदो मसिर १४ गते रिक्त रहेका ५० स्थानमा तीन तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार निर्वाचन आयोगले पनि आफ्नो तयारी सुरु गरिसकेको छ । निर्वाचनको तयारी भईरहेका बेला भदौ चार गते सरकारले ७६ जना सहसचिवलाई सरुवा गरेको हो ।

सांसद गौतमले सहसचिवलाई वरिष्ठताको आधारमा प्रदेशको सचिव बनाएर पठाउने भनी निर्णय गरेपनि सरकारले कसैलाई काखा र कसैलाई पाखा लगाएर सरुवा गर्ने काम गरेको टिप्पणी गनरिन् । निर्वाचन आयोगका कर्मचारीलाई सरुवा गराउने कार्यशैलीले सकारको नियतमाथि शंका उब्जाएको र निर्वाचन माथि पनि प्रश्न उठाएको भन्दै उनले निर्वाचन आयोगका कर्मचारीको सरुवा अबिलम्ब रोक्न माग गरिन् ।

नेकपाका सांसद खगराज अधिकारीले सामाजिक सञ्जालमा अराजकता व्याप्त भएको, संवेदना हराएको र प्रधानमन्त्रीलाई स्वर्गवासको कामना गर्ने अपराधिक मनोवृत्ति देखिएको भन्दै त्यस्ता व्यवहार गर्ने प्रति घोर भत्र्सना गरेका छन् । उनले डेगुंको प्रकोपले मुलक नै आक्रान्त परेको भन्दै सम्पुर्ण संयन्त्र प्रयोग गरि डेंगु विरुद्ध मुलुकभर अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । सुरेश वाग्ले क्यान्सर अस्पताल शिघ्र निर्माण गर्ने व्यवस्था मिलाउन पनि उनले माग गरे

नेकपाका सांसद हृदयेश त्रिपाठीले नेपाल राष्ट्र बैकको प्रभावकारी नियमन नभएका कारण बैकहरुमाथि सर्वसाधरणको विश्वास गुम्दै गएको बताए । उनले बैकहरुले राम्रो धितोलाई जसरी पनि हात पार्ने र ऋण लगानी गरेर चर्को व्याज असुल गरि सर्वसाधरणदाई मारमा पार्ने गरेको बताउ । विगतमा बैकिङ कसूरको आरोप लागेका व्यक्ति तीनवटा बैकका सिईओ भएको दाबी पनि उनले गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद प्रसाद लिङ्देनले एक जना सांसदले ‘भारतले चाह्यो भने सकेको दिन नेपाललाई सिक्किम बनाउँछ या भुटान बनाउँछ’ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसबारे थप स्पष्ट पारिनुपर्ने धारणा राखे । उनले यसबारेमा सरकारको पनि ध्यानाकर्षण गराएका छन् । केही दिन अघि नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले संसदीय समितिको बैठकमा नेपाल कुटनीति क्षेत्रमा असफल भएको भन्दै ‘भारतले चाह्यो भने सकेको दिन नेपाललाई सिक्किम या भुटान बनाउँछ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

सांसद लिङ्देनले पुर्व प्रधानमन्त्रीहरु तथा वर्तमान सरकारका उपप्रधानमन्त्री भारतीय विदेशमन्त्रीलाई भेट्न होटलमा जाने कुराले नेपाल र नेपालीको स्वभिमानमाथि प्रश्न उठाउने काम गरको भन्दै गम्भीर आपत्ती जनाए ।

नेपाली कांग्रेसका सासद प्रदीप गिरीले गलत कुटनीतिक समझदारीका कारण नेपालको भविश्य चिन्ताजनक अवस्थामा पुग्ने भन्दै कुटनीतिप्रति सही बुझाई राख्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । उनले समय, परिस्थिति र दुवै देशका सरकार बदलिएको अवस्थामा पनि दुई बर्षको तोते बालकले भाषा सिके जस्तो गरि कालापानी, लिपुलेक, सुस्ता र १९५० को सन्धिको पुनरावलोकन भन्ने शब्द दोहोर्याउने काम भएको टिप्पणी गरे उनले नेपाल भारत संयुक्त आयोगको बैठकको उपलब्धि बारे परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संसदलाई दिएको जानकारी र मन्त्रालयले निकालेको प्रेश विज्ञप्ती मेल नखाएको भन्दै त्यस तर्फ मन्त्रीको ध्यानाकर्षण गराए ।

उनले भने “कुटनीतिको गलत समझदारी छ । यस्तै कुटनीतिलाई नबुझिकन तपाईले राजनीति र प्रचारमा मिसाउनुभयो भने नेपालको भाग्य पशुपतिनाथको हातमा छ । ”

उनले कुनै पनि राष्ट्रले आफ्ना कानुनी अधिकारलाई बास्तविक शक्ति सम्झन नहुने तर्फ पनि सचेत गराए ।  उनले भने “भाषण गर्दा, बोल्दा , कालापानी दोहोर्याउदा, चुनाबमा बोल्न ठिक हुन्छ तर सही अर्थमा कालापानी लिनु छ भने र १९५० को सन्धि फर्काउने हो भने कुटनीतिक पहल गर्नुपर्छ ।”

बलभद्र थापा र अमरसिंह थापाले बन्दुक बोकेर युद्ध गरेको जस्तो समय नभएको भन्दै उनले सघन संवादको कुटनीतिमा ध्यान दिन आग्रह गरे ।

प्रतिकृया दिनुहोस