• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

'समायोजमा जाने प्रहरीको बढुवा गर्न नसकिने'

सनराइज खबर संवाददाता

काठमाडौं । सरकारले समायोजमा जाने प्रहरीको बढुवा गर्न नसकिने दोहोर्‍याएको छ । राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा प्रहरी समायोजन विधेयक २०७६ माथिको छलफलका क्रममा गृहसचिव प्रेम कुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने बताएका हुन् । 

उनलेले एउटै तहका प्रदेश प्रहरीले नपाउने र संघीय प्रहरीले पाउने व्यवस्था गर्दा विभेद हुने दाबी गरे । समायोजनमा जाने प्रहरीका लागि दुई ग्रेड थप गर्ने व्यवस्था गरिएको उनले जानकारी गराए ।

बैठकमा समिति सदस्यहरुले विगतमा पनि नेपाली सेनाबाट शसस्त्रमा लैजादा एक तह बढुवा गरिएको नजिर रहेको तथा हाल निजामति कर्मचारीको समायोजन गर्दा पनि एक तह बढुवा गरिएकाले प्रहरी समायोजनमा पनि सोही अभ्यासलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

समायोजनमा जाने प्रहरीको एक तह बढुवा गरिनुपर्ने आवाज उठेपनि त्यो व्यवस्था विना नै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा शुसासन समितिले विधेयक पास गरेको थियो ।
 

प्रतिकृया दिनुहोस