• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

संसद्‌मा साइज अनुसारका जुत्ता, पाइन्टको व्यवस्था माग

खबर स‌ंवाददाता

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत आज बसेको बैठकको शून्य समयमा साइज अनुसारको जुत्ता पाइन्टको व्यवस्था हुनुपर्ने माग उठेको छ । 

नेकपाका सांसद गोपालबहादुर बमले शून्य समयको सुनुवाइ सरकारले नगर्ने दाबी गरेका छन् । उनले सदनको दर्शक कक्षमा चप्पल र हाफ पाइन्ट लगाएकाहरुलाई माथि जान नदिने समस्या रहेको भन्दै साइज अनुसारका जुत्ता पाइन्टको व्यवस्था गर्न वा यो व्यवस्था हटाउन माग गरे । उनले भने, ‘ नेपाली गरिब हुन्छन् । चप्पल, हाफ पाइन्ट लगाएका हन्छन्, धनी मानिस त य्ट्युव हेर्छन या संसदमै आएर हेर्छन् । कि त साइज अनुसारका जुत्ता पाइन्टको व्यवस्था गरिनु पर्यो, कि त यो हटाउनु पर्यो ।’

त्यस्तै नेकपाकी सांसद ईन्दुकुमारी शर्माले चावहिल–बौद्ध–जोरपाटी–साँखु सडक निर्माणमा ढिलासुस्ती भएको जानकारी गराइन् । खराब सडकका कारणले हिंड्न समस्या भएको र यात्रुले आक्रोस र गुनासो पोेखेको कारण सांसदको लोगो निकालेर यात्रा गर्नुपरेको उनले गुनासो सुनाइन् । 

त्यस्तै नेपाली कांग्रेसका सांसद गगन थापाले भक्तपुर क्यान्सर अस्पतालमा भएको  अनियमितताको विषयमा आवाज उठाएका छन् । अस्पतालको समस्या बताउँदै उनले भने, ‘सबै व्यवस्थालाई कुल्चिएर भक्तपुर नगरपालिकाले अस्पतालको व्यवस्थापन समिति विघटन गरी नगरप्रमुखको अध्यक्षतामा आफै अस्पतालको व्यवस्थापन समितिको गठन गर्नु गैरकानुनी छ ।’

यो विषयमा सरकारले सम्बन्धित पक्षहरुलाई कानुन बमोजिम काम गर्न लगाइ अस्पतालको अस्तव्यस्तता हटाउन ध्यानाकर्षण गराए ।
 

प्रतिकृया दिनुहोस