• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

राष्ट्रिय सभाको बैठक आज बस्दै

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘प्रहरी समायोजन विधेयक, ०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, ०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस