• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

लाइसेन्स लिएर मात्र ज्योतिष पेसा गर्न पाउने व्यवस्था गर्न सांसद्को माग

सनराइज खबर संवाददाता

काठमाडौं । सांसद् विमला विश्वकर्माले ज्योतिष विद्या पढेकालाई मात्र ज्योतिषीको लाइसेन्स दिन माग गरेकी छिन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाल कम्युनिस्ट पार्टीकी विमला विश्वकर्माले नियमन नहुँदा बेथिति विकृति बढेको भन्दै लाइसेन्सको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

‘अहिले महिनामा दुई तीन लाख कमाउने ज्योतिषी पनि छन्, लाइसेन्सको व्यवस्था गरे उनीहरुबाट राज्यलाई करोडौं राजस्व संकलन हुन्छ । नियमनकारी निकाय नहुँदा बेथिति बढेको छ । यसमा सरकार गम्भीर बनोस्’, उनले भनिन् ।

 

प्रतिकृया दिनुहोस