प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज सम्बोधन गर्ने भएका छन् । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दैछ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा समसामयिक विषयमा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।
केहि दिनअघि सिंगापुर गएर फर्किएका प्रधानमन्त्री ओलीले त्यसबारे पनि जानकारी दिने बताइएको छ ।
प्रतिनिधि सभामा आज विभिन्न बिद्येयक तथा प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।


प्रतिकृया दिनुहोस