• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कोरोनाविरुद्ध खटिने बाहेकका कर्मचारीको भत्ता खारेज

सनराइज खबर संवाददाता

काठमाडौं । आगामी साउन १ गते बाट सरकारी कर्मचारीले पाउने भत्ता खारेज गरिएको छ । 

अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना रोकथामका लागि पहिलो पंक्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीबाहेक अरुले भत्ता नपाउने बताउनुभयाे ।  यी तीन राष्ट्रसेवक बाहेक अरुलाई प्रदान हुने प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, जोखिम भत्ता, खाना खाजा भत्ता लगायत सबैखाले भत्ता खारेज गरिएको बताउनुभयो ।

उहाँले सार्वजनिक संस्थान, विश्वविद्यालय समिति वोर्ड प्रतिष्ठान कोष लगायतका सार्वजनिक निकायमा समेत लागु हुने गरी मितव्ययीता सम्बन्धी निर्देशिका जारी गरिने बताउनुभयो । यसैगरी कार्यबोझ र कार्य प्रकृतिका आधारमा आवश्यक नदेखिएका र काममा दोहोरोपना भएका सार्वजनिक निकाय खारेज गरिने समेत बताउनुभयो ।

उहाँले अत्यावश्यक सेवा बाहेकका सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने व्यवस्था मिलाइएको बताउनुभयो । त्यस्तै आधारभूत सेवा प्रदान गर्ने सार्वजनिक निकाय बाहेक कसैलाई पनि सञ्चालन गर्न अनुदान नदिने उहाँले बताउनुभयो ।

संघ, प्रदेश तथा स्थानीय तहमध्ये कुनै एक तहबाट अनुदान प्राप्त  गर्ने व्यक्ति वा संस्थाहलाई अर्को तहबाट थप अनुदान दिन नपाउने व्यवस्था  गरिएको उहाँले बताउनु भयो ।


 

प्रतिकृया दिनुहोस