• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

शिक्षामा १ खर्ब ७१ अर्ब ७१ करोड बजेट, नयाँ शैक्षिकसत्रको पठनपाठन अनलाइन, रेडियो र टेलिभिजनबाट

सनराइज खबर संवाददाता

 काठमाडौं । सरकारले आगामी शैक्षिक वर्षको पठनपाठन अनलाइन शिक्षा, टेलिभिजन तथा रेडियो लगायत प्रविधि प्रयोग गर्दै सुरु गर्ने भएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना जोखिमका कारण पठनपाठनमा सिर्जन भएका अवरोधलाई द‌ृष्टिगत गरी सो व्यवस्था गरिएको बताउनुभयो । अ‌ागामी वर्ष २६ लाख छात्राछात्राले छात्रावृत्ति कार्यक्रमबाट लाभान्वित हुने उद्देश्‍यले छात्रावृत्ति कार्यक्रमका लागि २ अर्ब ७० करोड बजेट विनियोजन गरेको बताउनुभयो ।

विद्यार्थीहरुलाई विद्यालयमा टिकाइराख्नका लागि दिवा खाजा कार्यक्रम प्रभावकारी भएको भन्दै उहाँले देशभर नै सो कार्यक्रम विस्तार गर्ने गरी ७ अर्ब ५२ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।

यसैगरी आगामी वर्षमा देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनत १३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड वितरण गरिदैँछ । त्यसका लागि स्थानीय तहसँगको ससर्तमा १ अर्ब ८२ करोड वित्तिय हस्तान्तरण गरिने  डा.खतिवडाले बताउनुभयो ।

उहाँले शैक्षिक वर्ष सुरु हुनु अगावै  निशुल्क पाठ्यपुस्तक वितरण गरिने समेत बताउनुभयो । यसका लागि २ अर्ब ७६ करोठ बजेट छुटाइएको उहाँको भनाई छ । त्यस्तै कृषि विज्ञान तथा इन्जिनियरिङ पठनपाठन हुने सुदुरपश्चिमका र कर्णाली प्रदेशका सामुदायिक क्याम्पसहरुलाई क्रमश त्रिविको आंगिक क्याम्पसको रुपमा सञ्चालन गरिने  समेत उहाँले बताउनुभयो ।

यी सबै कार्यक्रमका लागि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ  ।

प्रतिकृया दिनुहोस