• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड बजेट विनियोजन

सनराइज खबर संवाददाता

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ताका लागि ५६ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे बताउनुभएको छ ।

आगामी वर्षको बजेट प्रस्तुत गर्दै उहाँले सामाजिक सुरक्षा भत्तालाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताउनुभयाे ।आर्थिक रुपले असह्य, अशक्त र अपाङ्गता भएका र एकल महिलालाई राज्यबाट विशेष सुरक्षा र संरक्षण दिने समेत बताउनुभयाे ।

चालु आर्थिक वर्षमा तीन लाख जेष्ठ नागरिक स्वास्थ्य बीमा सुविधाबाट लाभान्वित भएकामा आगामी वर्षमा थप तीन लाख नागरिकलाई सो सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो  ।

आगामी वर्ष चार लाख विपन्न परिवारले निशुल्क स्वास्थ्य बिमा पाउने बताउनुभयो । दलित, तराई, मधेश लगायतका गरिबीका रेखामुनी रहेका बालबालिका समेट्ने गरी अनुदानको दायरा फराकिलो बनाइएको उहाँले बताउनुभयो ।

त्यसका लागि तीन अर्ब ७६ करोड बजेट छुट्याइएको उहाँले बताउनुभयो । यसबाट १३ लाख बालबालिका लाभान्वित हुने उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस