सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड बजेट विनियोजन
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ताका लागि ५६ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे बताउनुभएको छ ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै उहाँले सामाजिक सुरक्षा भत्तालाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताउनुभयाे ।आर्थिक रुपले असह्य, अशक्त र अपाङ्गता भएका र एकल महिलालाई राज्यबाट विशेष सुरक्षा र संरक्षण दिने समेत बताउनुभयाे ।
चालु आर्थिक वर्षमा तीन लाख जेष्ठ नागरिक स्वास्थ्य बीमा सुविधाबाट लाभान्वित भएकामा आगामी वर्षमा थप तीन लाख नागरिकलाई सो सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
आगामी वर्ष चार लाख विपन्न परिवारले निशुल्क स्वास्थ्य बिमा पाउने बताउनुभयो । दलित, तराई, मधेश लगायतका गरिबीका रेखामुनी रहेका बालबालिका समेट्ने गरी अनुदानको दायरा फराकिलो बनाइएको उहाँले बताउनुभयो ।
त्यसका लागि तीन अर्ब ७६ करोड बजेट छुट्याइएको उहाँले बताउनुभयो । यसबाट १३ लाख बालबालिका लाभान्वित हुने उहाँले बताउनुभयो ।


प्रतिकृया दिनुहोस