• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रतिनिधि सभामा कविता र काउन्टर कविता

सनराइज खबर संवाददाता

 

काठमाडौँ । संसद्काे बैठकमा सांसद्हरुले कविता वाचन गर्नु नाैलाे हाेइन । कतिपय कवि सांसद् बनेका छन् भने कतिपय सांसद् कवि बनेका छन् । संसद्काे याे अधिवेशनका पहिलाे कवि हुन् कांग्रेसका गगन थापा । उनले साेमबार प्रतिनिधि सभा बैठकमा ब्यंग्य कविता वाचन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा अ‌ाेली विरुद्ध बाबुराम भट्टराईले झैं जहाँसुकै कडा अभिव्यक्ति दिँदै अ‌ाएका गगनले वाचन गरेकाे कविताकाे अ‌ाज नवराज सिलवालले कविताबाटै जवाफ दिएका हुन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा गगनले प्रधानमन्त्री अ‌ाेली विरुद्ध वाचन गरेकाे कविताकाे काउन्टर अ‌ाज नेकपाका सांसद् नवराजले दिएका हुन् । शून्य समयमा नवराजले कविताकाे माैसम चलेकाे भन्दै अ‌ाफ्नाे कविताकाे शीर्षक भने- अतिक्रमण ।

त्यसपछी उनले कविता वाचन गर्न थाले । उनले वाचन गरेकाे कविता यस्ताे छ-

 

हाम्रो देश हिजो पनि अतिक्रमणमै थियो
सीमा निरन्तर दुखेकै थियो 


विस्तारवादीहरुको अतिक्रमण
भ्रष्हरुको अतिक्रमण
दलाल नोकरशाहहरुकाे अतिक्रमण
हो, भोकानांगा साधारण माथिको अतिक्रमण
निरन्तर नै थियो अतिक्रमण

हिजो उनीहरु नै वर्षाैंवर्ष सत्तामा थिए
केही ठोस गरेको पनि सुनिएन
अनायसै झसंग निद्राबाट ब्युँझिए झैं
आज आवाज ठूलो सुनिएको छ

हिजो सत्तामा उन्माद मच्चाएकै हुन् 
पुलिस र अदालत छप्काएकै हुन्
विचौलियाको कमिसन पचाएकै हुन्
जेहोस्, आज हामी सबै फरक परिस्थितिमा उभिएका छौं
मुलुकको अस्मिता जोगाउनुपर्ने स्थितिमा छौं
इतिहासकाे संगीन मोडमा सरकारमाथि प्रहार गरेर मात्र होइन
बरु, सरकार र प्रतिपक्ष सँगै उभिएर

राष्टिय स्वाभिमान र सम्वर्दनका खातिर
सरकार संसद् र सडकबाट संयुक्त आवाज
संयुक्त पहल, संयुक्त राष्टिय मोर्चा
आजको आवश्यकता

 

प्रतिनिधि सभाकाे शून्य समयमा सांसद्हरुले बाेल्न एक मिनेट मात्र समय पाउँछन् । त्यही एक मिनेटमा गगन र नवराजले कविता सुनाएका हुन् ।

सामान्यतया सोझो र सहजै बुझिने भाषामा भन्न नसकिने कुरा विम्बको रुपमा साहित्यमा उतार्ने गरिन्छ । साहित्यको विधा मध्ये पनि कवितालाई जटिल तर शशक्त र प्रभावकारी विधा मानिन्छ । जसलाई एक पटक सुनेर वा पढेर बुझ्न निक्कै कठिन हुन्छ । सांसद्हरु कवि बन्दा समग्र साहित्यमा कति याेगदान पुग्छ भन्न सकिन्न तर ब्य‌ग्य विधामा भने निश्चय पनि याेगदान पुग्छ ।

संसद् बैठकमा गरिने नाैला र राेचक तरिकाले गरिने समर्थन र विराेधले बैठकलाई निरस हुन दिँदैन । यस्ता रचनात्मक कामले संसदीय गतिविधि प्रति जनताकाे अभिरुची र चासाे पनि बढ्ने विश्वास गरिन्छ ।

 

प्रतिकृया दिनुहोस