ऐन महरको प्रश्न– प्रधानमन्त्री शाह किन संसद्बाट टाढा हुनुहुन्छ ?
काठमाडौँ । नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जिम्मेवार नबनिरहेको भन्दै प्रश्न उठाएकाे छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसद्बाट टाढा रहन खोजिरहनुभएको आरोप लगाउनुभएको हो। उहाँले प्रधानमन्त्री किन संसद्मा आएर प्रश्नहरूको जवाफ दिन हिच्किचाइरहनुभएको छ भन्ने प्रश्न गर्नुभयो।
महरले संविधानको धारा ७६ (१०) र ८१ अनुसार प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने भए पनि त्यो अभ्यास कमजोर बनाइएको दाबी गर्नुभयो। उहाँका अनुसार कार्यपालिका र अन्य संवैधानिक निकायबीच दूरी सिर्जना गरिन खोजिएको छ, जसले लोकतान्त्रिक अभ्यासमै प्रश्न उठाएको छ।
उहाँले प्रधानमन्त्रीले अहिलेसम्म संसद्मा उपस्थित भएर कुनै पनि विषयमा जवाफ नदिनुभएको भन्दै तत्काल सदनमा आएर स्पष्ट धारणा राख्नुपर्ने माग गर्नुभयो।


प्रतिकृया दिनुहोस