• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सुनचाँदीको मूल्य बढ्यो

समाचार

समाचार


काठमाडौँ । स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा  दुई हजार ३०० रुपैयाँ  र चाँदीमा  ४० रुपैयाँ  बढेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य  एक लाख ९७ हजार ५०० रुपैयाँ  निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी  दुई हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

शुक्रबार एक तोला सुन  एक लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी  दुई हजार ३१० रुपैयाँमा क्रयविक्रय भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
–रासस

प्रतिकृया दिनुहोस