• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

मन्त्री भन्छन्– प्रधानमन्त्रीले गीत रोकेको जानकारी छैन, यो कुरा यहिँ आएर सुनें

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको ‘लुट’ गीत रोक्न निर्देशन दिएको भनी चलेको चर्चाको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले खण्डन गरेका छन् । ‘कुनै एउटा गीत प्रधानमन्त्रीले रोक्नुभयो भन्ने मलाई जानकारी छैन’– पोखरेलले भने । 

‘यो बारेमा मैले यही सदनमा आएर मात्र सुनें’– प्रतिनिधिसभा वैठकमा उनले बताए । 

मन्त्री पोखरेलले प्रतिनिधिसभा वैठकको प्रश्नोत्तर कालमा सो कुरा बताएका हुन् । कांग्रेसकी सांसद लक्ष्मी परियारले प्रधानन्त्रीले नै पशुपति शर्माको गीत रोकेको कुरा मिसाउँदै संस्कृत विश्वविद्यालयको सभा नबसेको सम्वन्धमा मन्त्री पोखरेललाई प्रश्न सोधेकी थिइन् । 

जवाफमा मन्त्री पोखरेलले शर्माको गीतको प्रत्यक्ष उल्लेख नगरी प्रधानमन्त्रीले गीत रोकेको जानकारी छैन भनेका हुन् । 

त्यसअघि शून्य समयमा कांग्रेस सांसद अमरेश सिंह र नेकपाका सांसद झपट रावलले गायक पशुपति शर्माको विवादास्पद गीत सम्वन्धमा पक्ष विपक्षमा बोलेका थिए । 
 

प्रतिकृया दिनुहोस