• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्छ : ज्ञानेन्द्र शाही

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने बताउनुभएकाे छ । 

सोमबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै शाहीले प्रधानमन्त्रीले आइतबारको बैठकमा नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसको तथ्यगत आधार सार्वजनिक गर्न माग गर्नुभयाे । उहाँले  उक्त भनाइ पुष्टि गर्न नसके प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी माग्नुपर्ने धारणा राख्नुभयाे । 

शाहीले नेपालले भारतको कुन भूभाग र कहाँ–कहाँ अतिक्रमण गरेको हो भन्नेबारे सरकारसँग स्पष्ट विवरण माग गर्दै त्यससम्बन्धी तथ्य सदनसमक्ष प्रस्तुत गर्न आग्रह गर्नुभयाे । । उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र सीमा सम्बन्धी संवेदनशील विषयमा अन्योल सिर्जना गरेको समेत बताउनुभयाे । 

राप्रपाले प्रधानमन्त्रीको उक्त भनाइ संसदको अभिलेखबाट हटाउन पनि माग गरेको छ। सीमा र राष्ट्रिय सार्वभौमिकतासँग सम्बन्धित विषयमा जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको उल्लेख गर्दै शाहीले सरकारले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयाे । 

प्रतिकृया दिनुहोस