प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा आज सूूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का नेतृत्वसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले काठमाडौँस्थित दशरथ रङ्गशाला सानो भएकाले ठूलो रङ्गशाला निर्माणका लागि आवश्यक पर्ने जग्गालगायत पूर्वाधारको प्रबन्धका लागि परामर्श गर्र्नुभएको हो ।
त्यस क्रममा सूर्यविनायक नगरप्रमुख वासुुदेव थापाले उक्त नगरको वडा नं ८, जगाते (पुरानो इँट्टा टायल कारखाना) मा रहेको २०० रोपनी जग्गा उपलब्ध गराउन सकिने र त्यसको प्रक्रिया छिटो अघि बढाउने अवगत गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रङ्गशाला बनाउने घोषणा गर्नुभयो ।
छलफलमा राखेप सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत सहभागी हुनुहुन्थ्यो ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस