• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एक तोला सुनको मूल्य दुई लाख नजिक

समाचार

समाचार

काठमाडौं  । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ ।  त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला  सुनकाे मूल्य  एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा छ हजार ९०० रुपैयाँले  सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा  १० रुपैयाँले  बढेको छ । आज चाँदीको मूल्य प्रतितोला  एक हजार ९७० रुपैयाँ कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा  कारोबार भइरहेको छ ।
–रासस

प्रतिकृया दिनुहोस