• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो

समाचार

समाचार

काठमाडौं । सुनको मूल्य प्रतितोला  एक लाख ९१ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।

आइतबार तोलामा  एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला  एक हजार दुई सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज स्थानीय बजारमा चाँदी प्रतितोला  एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
–रासस

प्रतिकृया दिनुहोस