• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । 

मंगलबार भएको मतदानमा श्रेष्ठले ५ सय ७ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो। अध्यक्षका अर्का प्रतिस्पर्धी राजकुमार श्रेष्ठले ३ सय ८८ मत प्राप्त गर्नुभएको छ । 

यसै गरी वरिष्ठ उपाध्यक्षमा देवनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ।  श्रेष्ठले ४ सय ५ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार वीरबल चौधरीले ४ सय ५१ मत पाउनुभएको छ। 

महासचिवमा वासु भेटवाल ६ सय ४६ मत प्राप्त गरी विजयी भएका छन् । महासचिवका अर्का उम्मेदवार मेघबहादुर कार्कीले २ सय ६६ मत पाउनुभएको छ । 

उप–महासचिवमा नेत्रजङ थापा ४ सय ३१ मत प्राप्त गरी निर्वाचित भएका छन् । उप–महासचिवका अर्का उम्मेदवार युवराज श्रेष्ठले ३ सय ७४ र सोनी कुमारी झाले १ सय ४ मत पाउनुभएको छ। 

महिला सचिवमा सृजना श्रेष्ठ ५ सय ४१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । अर्की उम्मेदवार रेजिना श्रेष्ठले ३ सय ४१ मत पाउनुभएको छ ।

त्यसै गरी वस्तुगत उपाध्यक्षमा रामकुमार राजभण्डारी, खुला सदस्यहरूमा रामबहादुर विश्वकर्मा, सञ्जय शाह, हिमेश श्रेष्ठ, राजकुमार श्रेष्ठ र रामचन्द्र पौडेल विजयी हुनुभएको छ। आजीवन सदस्य पदमा दिगम्बर चौधरी, एशोसियट तर्फ शाह आलम साफी र महिला सदस्यमा ललिता न्यौपाने निर्वाचित भएका संघले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस