महोत्तरीको गौशालामा कागज उद्योग स्थापना, प्रधानमन्त्री उद्घाटन
काठमाडौं । महोत्तरी जिल्लाको गौशाला नगरपालिका– १ रामनगरमा नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ ।
आइएमई ग्रुपको लगानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योगको औपचारिक उद्घाटन गर्नु भयो । उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरण मैत्री क्याल्सियम कार्वोनेट उत्पादनको समेत अवलोकन गर्नु भयो ।
२ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो ।
उद्योग उद्घाटन समारोहमा बोल्दै ग्रुरूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र नभई नेपालको औद्योगिक यात्रामै नव जागरणको काम भएको बताउनुभयो । ढकालले नयाँ उद्योगको सञ्चालन मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दिगो औद्योगिक विकासप्रतिको प्रतिबद्धता रूपमा रहेको बताउनुभयो ।


प्रतिकृया दिनुहोस