• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रतितोला दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

समाचार

समाचार

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला  एक लाख ६९ हजार आठ सय रुपैयाँ तोकिएको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई हजार तीन सयले बढेको हो ।   
 
त्यस्तै आजका लागि चाँदीको मूल्य प्रतितोला  एक हजार नौ सय ६५  रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । चाँदी अघिल्लो दिन प्रतितोला रु एक हजार नौ सय तीसमा कारोबार भएको थियो ।
 
हाल अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔस दुई हजार नौ सय २१ अमेरिकन डलर आसपारमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा हुने घटबढका कारण यहाँको बजारमूल्य प्रभावित हुने गरेको महासङ्घले जनाएको छ ।
-रासस

प्रतिकृया दिनुहोस