ताेलामा १ हजार बढ्याे सुन
काठमाडौं । नेपाली बजारमा आज सुनकाे भाउ बढेकाे छ ।
सुन आज ताेलामा १ हजार रुपैयाँले बढेर प्रतिताेला १ लाख ६० हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबार तोलामा ४ सय रुपैयाँ घटेकाे सुनकाे भाउ आज बढेकाे हाे । बिहीबार प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर प्रतिताेला १ हजार ८ सय ८० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस