• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

ताेलामा १ हजार बढ्याे सुन

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । नेपाली बजारमा आज सुनकाे भाउ बढेकाे छ ।

सुन आज ताेलामा १ हजार रुपैयाँले बढेर प्रतिताेला १ लाख ६० हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबार तोलामा ४ सय रुपैयाँ घटेकाे सुनकाे भाउ आज बढेकाे हाे । बिहीबार प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर प्रतिताेला १ हजार ८ सय ८० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस