• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आजदेखि कतार एयरवेजले भैरहवाबाट उडान गर्दै

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दैनिक उडान भर्ने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार कतारबाट आएको जहाज दिउँसो साढे ३ बजे भैरहवामा अवतरण हुनेछ । साे जहाज भैरहवाबाट यात्रु लिएर साढे ४ बजे काठमाडौंका लागि उड्नेछ । त्यसपछि काठमाडौं हुँदै दोहा प्रस्थान गर्नेछ ।

कतार एयरवेजको उडानसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या ५ पुगेकाे छ । यसअघि गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजीरा एयर र फ्लाइ दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् ।थाई एयर एसियाले कात्तिक १८ गतेदेखि नै व्यावसायिक उडान सुरु गरिसकेकाे छ ।

प्रतिकृया दिनुहोस